इटहरी : छैटौं अन्तराष्ट्रिय खुल्ला कराँते च्याम्पियनसीपमा भाग लिन इटहरी कराँते एकेडेमीको ८ सदस्यीय टोली बुधवार (आज) बंगलादेशको राजधानी ढाका प्रस्थान गरेको छ ।
टोलीमा तीन महिला, चार पुरुष खेलाडी र एक प्रशिक्षक रहेका छन् ।
अक्टोबरको ९ देखि ११ तारिखसम्म बंगलादेशको झासोरेमा सञ्चालन हुने उक्त च्याम्पियनसीपमा प्रशिक्षक सागर राउत तथा खेलाडीहरूमा ४० केजी तौल समूहबाट अष्टिन उप्रेती र शिल्पा श्रेष्ठ, ४५ केजी तौल समूहबाट राहुल हरिजन, रेइन थापा र विन्दा तामाङ प्रस्थान गरेका हुन् ।
यसैगरी ५० केजी तौल समूहबाट सन्दीप चौधरी र खुसी विष्टले प्रतिस्पर्धा गर्नेछन् ।
बंगलादेश कराँते अर्गनाईजेसनको आयोजनामा हुने उक्त च्याम्पियनसीपमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश र जापानका खेलाडीहहरूले प्रतिस्पर्धा गर्नेछन् ।














Discussion about this post