इटहरी : सुनसरीको कोशी गाउँपालिका–२ मा लागूऔषधसहित दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले उत्तर–दक्षिण भित्री सडकखण्डमा पैदल हिँडिरहेका दुई युवाको शंका लागेपछि चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरका २६ वर्षीय सरोज विश्वकर्मा र सोही स्थानका सुकदेव माझीका २१ वर्षीय छोरा सनम माझी पक्राउ परेका हुन्।
प्रहरीले सनमले लुकाइ–छिपाइ राखिएको अवस्थामा ट्रमाडोल लेखिएका २,४०० पिस, नाइटजास्केन लेखिएका १०० पिस, गरी जम्मा २,५०० ट्याबलेट र लाब्रोरेट लेखिएको १ बोतल लागूऔषध बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवैजनालाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post