इटहरी : सुनसरीको कोशी गाउँपालिका १ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका १ का ३१ वर्षीय सनम श्रेष्ठ र कन्चनपुर भीमदत नगरपालिका ६ की २० वर्षीया निरा चुनारालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गरिएको थियो ।
चेकजाँचको क्रममा उनीहरूको साथबाट लुकाईछिपाई राखेको १४ ग्राम २४ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।













Discussion about this post