इटहरी : जिल्ला कारागार मोरङमा एक कैदीबन्दीको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा कैदीबन्दी रहेका मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो ।
जेलर गौरव ढुंगेलका अनुसार सार्की लागूऔषध मुद्दाका बन्दी हुन् ।
जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई २०८१ पुस २९ गते कारागार चलान गरिएको थियो ।
अदालतको आदेशपछि कारागार चलान गरिएका सार्कीको मुद्दा विचाराधीन छ ।
न्यून रक्तचाप र बान्ता हुने समस्या देखिएपछि उपचारका लागि शनिबार दिउँसो १ः२५ बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको जेलर ढुंगेलले बताए ।
अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका उनलाई दिउँसो १ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।














Discussion about this post