इटहरी : घाँसे मैदान र खेतबारी वरपर चञ्चल रूपमा फुद्किँदै हिँड्ने सानो चरा मुनिया हालै इटहरी क्षेत्रमा पनि प्रशस्त देखिएको छ।
स्थानीय चराप्रेमीका अनुसार यो सुन्दर चरा खेतका पाखा, बालीका काँडा र झाडीमा स-साना बथान बनाएर बस्ने गर्छ।
यो चराको टाउको र घाँटी रातो–खैरो र शरीरको तल भाग सेतो पृष्ठभूमिमा कालो स्केलजस्तो ढाँचा भएको देखिन्छ। बाक्लो कालो चोचो भएको यो चराले मुख्यतया धान, कोदो, फापरलगायतका स–साना बीउ खान्छ।
तराईदेखि पहाडी क्षेत्रसम्म देखिने मुनिया चराले नेपालको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको वन्यजन्तु विभागका विज्ञहरू बताउँछन्।
मानव बस्ती नजिकै पनि सजिलै अनुकूल हुने यसको बानीका कारण मुनिया अहिले सहजै देखिन सकिन्छ।
वनस्पति र चराचुरुङ्गीबीचको सन्तुलन कायम राख्न मद्दत गर्ने यो सानो मुनिया चराको उपस्थितिले जैविक वातावरण समृद्ध भएको प्रकृतिप्रेमीहरूको भनाइ छ।















Discussion about this post