सुनसरी : सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले लौकहीबाट इनरुवातर्फ आउँदै गरेको को ३२ प ५३६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको हो ।
प्रहरीका अनुसार मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१७ निवासी ३८ वर्षीय सन्तोष बस्नेतलाई पक्राउ गरिएको छ ।
उनको साथबाट ब्राउनसुगर १२ ग्राम ७० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ ।
बरामद लागूऔषध र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post