इटहरी : लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको विशेष सूचनाका आधारमा प्रहरीले दुई जनालाई इटहरीबाट नियन्त्रणमा लिएको छ।
इटहरी उपमहानगरपालिका–१६, बालग्रामस्थित पूर्व–पश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले को ३८ प २०६७ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा ट्रामाडोल ४८० ट्याबलेट र स्पासरेस्ट ६०० क्याप्सुल फेला पारेको हो।
साथै, उक्त लागूऔषधसहित मोटरसाइकल चालक बराहक्षेत्र नगरपालिका–१ निवासी २३ वर्षीय आकाश राई र पछाडि सवार २२ वर्षीय अभिनाष भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई लागूऔषध ऐनअन्तर्गत आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाइएको प्रहरीले जनाएको छ।













Discussion about this post