विराटनगर : झापा र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित सात जनालाई प्रहरी पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दमकको टोलीले झापाको कमल गाउँपालिका–५ बाट बिष्णु राजवंशीलाई आफ्नै घरमा लागूऔषध बिक्री वितरण गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
उनको साथबाट ट्रामाडोल ८०० क्याप्सुल, स्पास्पेन ३०० ट्याब्लेट र डाइक्लोमाइन ५०० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।
सोही घटनामा संलग्न मौसम तामाङ, सावन जगेबु, रुस्तम बर्देवा र रुचल मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीले संखुवासभा धर्मदेव नगरपालिका–४ का ओमनाथ घिमिरेलाई ब्राउन सुगर २ ग्राम ३६० मिलिग्रामसहित नियन्त्रणमा लिएको छ।
यसैगरी इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका–५ का रेहान लिम्बूलाई विभिन्न प्रकारका ३१७ ट्याब्लेट लागूऔषधसहित पक्राउ गरेको छ।
पक्राउ परेकाहरूमाथि लागूऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post