विराटनगर : विराटनगर महानगरपालिका १७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अवैध रकमसहित एक जनालाई पक्राउ गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकल चालक विराटनगर महानगरपालिका १८ का रवि शाहलाई पक्राउ गरिएको हो ।
उनले लुकाई छिपाई राखेको स्रोत नखुलेको ६ लाख ४९ हजार ५ सय नेपाली रुपैँयासहित पक्राउ गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका उनीमाथि इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post