इटहरी : इटहरी उपमहानगरपालिका–२, स्थित कोशी लोकमार्ग क्षेत्रमा लागूऔषध ओसार–पसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले बीआर ३८ टी ३५९६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा भारत, बिहार राज्य अररिया जिल्ला, सिमरा फारमेसगञ्ज गाउँ पञ्चायत–१४ का ३० वर्षीय सुरज कुमार सोनी र सोही ठाउँका २५ वर्षीय केशव कुमार ठाकुरलाई पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा ठाकुरको साथबाट १३.४४ ग्राम (तेह्र ग्राम चार सय चालिस मिलिग्रामी) ब्राउनसुगर लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
फेला पारिएको ब्राउनसुगर र मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।













Discussion about this post