सुनसरी : सुनसरीका विभिन्न स्थानबाट प्रहरीले बेवारिसे अवस्थामा ३ सय ८७ किलोग्राम गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको गस्ती टोलीले कोशी गाउँपालिका–८ बाट ११ वटा बोरामा राखिएको ३ सय ७७ किलोग्राम गाँजा बरामद गरेको हो ।
त्यस्तै, इनरुवा नगरपालिका–३ बाट १० किलोग्राम गाँजा र २ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउनसुगर पनि बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा र ब्राउनसुगर ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।













Discussion about this post