उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका ३ स्थितबाट ७ सय ६३ केजी ७०० ग्राम लागूऔषध गाँजा बोकेको बोलेरो गाडीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टार र लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका ३ स्थित पैतालिस चौकबाट गाईघाटतर्फ आउँदै गरेको को १ ज ३४५६ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा गाडीभित्र ३० बोरामा राखेको ७ सय ६३ केजी ७०० ग्राम गाँजा बरामद गरिएको हो ।
त्यससँगै चालक बेलका नगरपालिका ६ का रविन कुमार राई र सोही गाडीमा सवार बेलका नगरपालिका ९ का रामबहादुर राईलाई पक्राउ गरेको छ ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post