मोरङ : मोरङको ग्रामथान गाउँपालिका–४ चपरमाडीस्थित लोहन्द्रा खोलामा एक युवतीको शव फेला परेको छ।
प्रहरीका अनुसार ग्रामथान गाउँपालिका–६ की २६ वर्षीया पूजा माझीको शव आइतवार राति करिब १० बजे खोलामा डुबेको अवस्थामा भेटिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा उनी नुहाउनका लागि खोलामा गएको खुलेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव खोलाबाट निकालेर पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ।
अविवाहित रहेकी पूजाको मृत्युको स्पष्ट कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनाको वास्तविक कारण पत्ता लगाउन इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ।













Discussion about this post