Sunday, August 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सशस्त्रको गोलीबाट मृत्यु भएपछि सुनसरी तनावग्रस्त, छानबिन समिति गठन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १७, २०८२
in समाचार
0
सशस्त्रको गोलीबाट मृत्यु भएपछि सुनसरी तनावग्रस्त, छानबिन समिति गठन
74
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि बिहीवार दिनभर जिल्लाको अवस्था तनावग्रस्त बनेको छ। घटनापछि उग्र बनेको प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको थियो।

सशस्त्र प्रहरी बलको बीओपी लौकही नजिकै पर्ने पुरी टोलमा गोली लागेर कोसी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो। घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीले दोषीलाई कारबाहीको माग गर्दै शव सडकमा राखेर प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा ठूलो संख्यामा भेला भएका स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर प्रयोग गरेको थियो। दिनभरको प्रदर्शनका कारण राजमार्गमा सवारी आवागमन प्रभावित बनेको थियो।

घटनापछि उत्पन्न तनाव कम गर्न जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले पाँच बुँदे सहमति गरेपछि प्रदर्शन रोकिएको छ।

सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।

समितिमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि रहनेछन् भने सात दिनभित्र प्रतिवेदन पेश गर्ने निर्णय गरिएको छ। छानबिनबाट सुरक्षा निकायको लापरवाही पुष्टि भए नियमानुसार राहत र क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।

सहमतिको अर्को बुँदाअनुसार मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रशासनले सहजीकरण गर्ने तथा मृतकका छोराले चाहेमा सशस्त्र प्रहरीमा भर्ना प्रक्रियामा नियमानुसार सहयोग गरिनेछ।

मृतकको शव पोष्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गरी त्यसपछि परिवारले अन्त्येष्टि गर्ने निर्णय भएको छ।

Tags: #सुनसरीगोलीगोली प्रहारतनावग्रस्त
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा
FEATURE BREAKING

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८३
0

इटहरी : कुनै समय मैदानमा विपक्षी खेलाडीलाई छकाउँदै बल अघि बढाउने इटहरी २ का आशिष राई अहिले आफ्नै खुट्टामा उभिनका...

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८३
0

मोरङ : मोरङमा शनिबार छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। उर्लाबारीमा धानखेतको जमेको पानीमा एक वृद्धको...

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

घरमै लुकाएर राखेको भरुवा बन्दुकसहित ओखलढुंगामा ३३ वर्षीय पुरुष पक्राउ

साउन ३०, २०८३

खोटाङ : पाँचौँपटक म्याद थप्दा पनि बनेन पुल, लिदिङखोलामा यात्रुको दुःख उस्तै

साउन ३०, २०८३
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा पाटीपौवा

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा पाटीपौवा

साउन ३०, २०८३
इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

भोजपुर : ‘एक घर, एक धारा’पछि सहज भयो डाँडागाउँवासीको दैनिकी

साउन ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

साउन ३०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

साउन ३०, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

घरमै लुकाएर राखेको भरुवा बन्दुकसहित ओखलढुंगामा ३३ वर्षीय पुरुष पक्राउ

साउन ३०, २०८३

खोटाङ : पाँचौँपटक म्याद थप्दा पनि बनेन पुल, लिदिङखोलामा यात्रुको दुःख उस्तै

साउन ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.