Tuesday, June 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कृष्णभूषण बल स्मृति प्रतिष्ठानबाट तीन जना श्रष्टा पुरस्कृत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २०, २०८२
in कला साहित्य, समाचार
0
कृष्णभूषण बल स्मृति प्रतिष्ठानबाट तीन जना श्रष्टा पुरस्कृत
69
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले नेपाली भाषा, साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने स्रष्टाहरुलाई नगदसहितस सम्मान गरेको छ ।

कृष्णभूषण बल स्मृति प्रतिष्ठानले विराटनगरमा कार्यक्रम आयोजना गरेर कविता, कथा, समालोचनालगायतका विधामा कलम चलाउने ३ जना स्रष्टा नगदसहित पुरस्कृत गरेको हो ।

कार्यक्रममा भारतको कालेबुङमा रहेर विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय डा. राजेन्द्र भण्डारीलाई २५ हजार राशिसहित प्रतिष्ठानले सम्मान गरेको छ ।

त्यस्तै, तीन दशकभन्दा लामो समयदेखि साहित्य कविता र कथा लेखनमा सक्रिय ज्योति जङ्गल र दुई दशकभन्दा लामो समयदेखि कविता लेखनमा सक्रिय युवाकवि रमेशचन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।

जङ्गललाई १५ हजार र अधिकारीलाई ११ हजार नगद राशिसहित सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि तथा महाकाव्यकार सोमराज अभय, विशिष्ट अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाकी प्रमुख संरक्षक शोभा लामा बल, अध्यक्ष प्रा.डा. टंकप्रसाद न्यौपानेलगायतले सम्मान गरेका थिए ।

त्यस्तै, धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयलाई ‘कृष्णभूषण बल स्मृति सेवा सम्मान’ प्रदान गरिएको थियो । सो सम्मान पुस्तकालयका संस्थापक पूर्णबहादुर गुरुङले ग्रहण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि अभयले नेपाली कविता साहित्यमा कृष्णभूषण बलको बेग्लै पहिचान रहेको बताए । उनले बिम्ववादी कविका रुपमा चित्रण गर्दै नेपाली कविता साहित्यमा बलको योगदान उल्लेखनीय रहेको चर्चा गरे ।

विशिष्ट अतिथि मेयर कोइरालाले वरिष्ठ कवि कृष्णभूषण बलको साहित्यिक योगदानले नेपाली समाजको वैचारिक संरचनालाई गहिरो रूपमा प्रभावित गरेको बताए ।

उनका अनुसार कृष्णभूषण बल स्मृति प्रतिष्ठान पुरस्कार वितरणमा सीमित संस्था नभई स्मृतिलाई सिर्जनामा रूपान्तरण गर्ने अभियान हो ।

‘साहित्यलाई बहस, अनुसन्धान र सिर्जनाको केन्द्रमा राख्ने प्रतिष्ठानको प्रयासले नयाँ पुस्तालाई आकर्षित गर्नुका साथै समाजलाई बौद्धिक रूपमा समृद्ध बनाएको छ,’ उनले भने ।

कार्यक्रममा पुरस्कृत स्रष्टाहरुसहित वरिष्ठ पत्रकार तथा साहित्यकार चन्द्र भण्डारी, आयोजक संस्थाका उपाध्यक्ष केशव आचार्य, महासचिवसमेत रहेका विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, कवि शुभलक्ष्मी लम्साल, मीनकुमार नवोदित, धीरज राई, कृष्णभूषण बलका सुपुत्र साईभूषण लामालगायतले कृष्णभूषण बलले नेपाली भाषा र साहित्यमा पु¥याएको योगदानको चर्चा गरे ।

सो अवसरमा युवाकवि दीपक शम्चुले कृष्णभूषण बलले लेखेको कविता सुनाएका थिए ।

Tags: कृष्णभूषण बलसम्मान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल
FEATURE BREAKING

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र उपसभापति विश्वप्रकाश शर्माबीच झापामा भेटवार्ता भएको छ। दुवै नेताबीच पार्टीभित्रको एकतासहित...

बलात्कार गर्नेलाई १६ बर्षसम्म कैद सजाय हुने सरकारको अध्यादेश
FEATURE BREAKING

सङ्खुवासभा कारागार हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैद

by रासस
असार २, २०८३
0

सङ्खुवासभा : सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला कारागारमा...

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सन्तोष न्यौपाने ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सन्तोष न्यौपाने ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

असार २, २०८३
खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

असार १, २०८३
सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

असार १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

असार २, २०८३
बलात्कार गर्नेलाई १६ बर्षसम्म कैद सजाय हुने सरकारको अध्यादेश

सङ्खुवासभा कारागार हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैद

असार २, २०८३
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सन्तोष न्यौपाने ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सन्तोष न्यौपाने ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

असार २, २०८३
खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

असार १, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.