इटहरी : कोशी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । एमाले र कांग्रेसको भागबण्डा पु¥याउनका लागि मन्त्रिपरिषद् हेरफेर गरिएको हो ।
एमाले संसदीय दलका नेतासमेत रहेका हिक्मत कुमार कार्कीले मंगलवार मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।
जसमध्ये कांग्रेसबाट प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार, मानबहादुर लिम्बू स्वास्थ्य, इस्राइल मन्सुरी कृषि र भीम पराजुली पर्यटन तथा वन वातावरण मन्त्री बनेका छन् भने शोभा चेम्जोङलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गरिएको छ ।
यसैगरी एमालेबाट विदुर लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन र रामकुमार मेहता सामाजिक विकास मन्त्री नियुक्त बनेका छन् । एमालेबाट उमाकान्त गौतमलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
कांग्रेस कोशी प्रदेशसभाका प्रमुख सचेतक गोपाल तामाङले सहमतिअनुसार नै मन्त्रिपरिषद् हेरफेर गरिएको बताए ।
उनका अनुसार एक जना मन्त्रीले १३ महिना कार्यकाल सम्हालेपछि मन्त्रिपरिषद् हेरफेर गर्ने सहमति भएअनुरूप मन्त्रिपरिषद् हेरफेर गरिएको हो ।
‘सहमति अनुसार एक मन्त्रीले एक पटक बजेट बनाउने र त्यसपछि अरूलाई पालो दिनुपर्ने भन्ने थियो,’ उनले भने ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
सरकार गठनका लागि र बहुमत प्राप्त गर्नका निम्ति ४७ मतको आवश्यक पर्छ ।















Discussion about this post