सुनसरीमा २४ जना सहित प्रदेश १ मा आज थप ८७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
थपिएका संक्रमित मध्ये सुनसरीमा २४, मोरङमा ५५ जना रहेका छन् । त्यस्तै, झापामा २ जना, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको कटहरीमा २ महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै, विराटनगरमा १ महिला र १३ पुरुष, बुढीगंगामा ५ महिला र ८ पुरुष, ग्रामथानमा २ महिला र ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यता, सुनसरीको इनरुवामा १ महिला र १३ पुरुष, धरानमा २ महिला र २ पुरुष, इटहरीमा २, भोक्राहा नरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ ।
यस्तै, झापाको कमल गाउँपालिकामा १ महिला र १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८२९ पुगेको छ ।प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ ।














Discussion about this post