इटहरी : कोशीटप्पु वन्यजन्तु आरक्षमा दुर्लभ प्रजातिको चरामध्ये एक मानिने रातोटाउके बगेडी पुनः देखिएको छ।
२४ वर्षपछि उक्त प्रजातिको चरा दोस्रो आधिकारिक अभिलेख २१ जनवरी, २०२६ (७ माघ, २०८२) मा गरिएको हो।
चरा संरक्षणकर्मी एवम् पंक्षीविद् अनिश तिम्सिनाले कोशीटप्पु क्षेत्रको खुला घाँसे मैदान र सिमसार आसपासमा उक्त बगेडी अवलोकन गरी अभिलेख गरेका हुन्।
उक्त चराको पुनःउपस्थितिले कोशीटप्पुको जैविक विविधता जीवन्त रहेको संकेत दिएको छ।
दुर्लभ तथा प्रवासी चराहरूले सुरक्षित बासस्थानका रूपमा कोशीटप्पुलाई रोज्ने गरेका छन् ।
संरक्षण प्रयास निरन्तर रहेमा यस्ता प्रजातिहरू पुनः फर्किन सक्ने आशा गरिएको तिम्सिना बताउँछन्।













Discussion about this post