इटहरी : केही दिनदेखि सम्पर्कविहीन रहेका इटहरी उपमहानगरपालिका–११ खनारका ६० वर्षीय महेन्द्रप्रसाद नेपालको शव मोरङको ग्रामथान गाउँपालिका–७ खदरास्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा फेला परेको छ।
सोमबार बिहान १०ः५० बजेतिर नहरको पानीमा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृतक नेपाल घटनाअघि साथीहरूसँग खाजा खाएर छुट्टिएको खुलेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनी केही दिनदेखि परिवार र आफन्तसँग सम्पर्कविहीन रहेको पाइएको छ।
घटनास्थलको अवस्थालाई आधार मान्दा नहरले बगाएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ। मृत्युको यथार्थ कारण पोस्टमार्टम प्रतिवेदनपछि खुल्ने प्रहरीले जनाएको छ।












Discussion about this post