झापा : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा जिल्ला कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा शतप्रतिशत मतदान भएको छ।
कारागार प्रशासनका अनुसार मतदाता नामावलीमा रहेका सबै कैदीबन्दीले मतदानमा सहभागिता जनाएका हुन्। कार्यालय प्रमुख रेवन्त भट्टराईका अनुसार १०१ पुरुष र ६ महिलासहित १०७ जना कैदीबन्दीले मताधिकार प्रयोग गरेका छन्।
उनले मतदाता सूचीमा १०७ जनाकै नाम रहेको र सबैले मतदान गरेपछि केन्द्रमा शतप्रतिशत मत खसेको जानकारी दिए। मतदान सम्पन्न भएपछि मतपेटिका सिल गरिसकिएको पनि उनले बताए।
सामान्यतया जेलभित्र रहेका कैदीबन्दीहरू मतदान प्रक्रियाबाट टाढा हुने धारणा रहँदै आएको भए पनि झापाको यस अस्थायी केन्द्रमा भने सबै मतदाताले सहभागिता जनाउँदै लोकतान्त्रिक अधिकार प्रयोग गरेका छन्।














Discussion about this post