इटहरी : इटहरीमा जारी तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बसाहा क्लब, उदयपुर फाइनलमा प्रवेश गरेको छ।
बसाहा क्लबले घरेलु टोली द योङ ब्रदर्श क्लब, इटहरीलाई १–० गोलले पराजित गरेको हो।
दोस्रो हाफको ४९औं मिनेटमा रितेश तामाङले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण जित दिलाए। उत्कृष्ट प्रदर्शन गरेका तामाङ नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।
उनले उक्त उपाधिसँगै नगद पाँच हजार पाँच सय प्राप्त गरे।
यस जितसँगै अब शनिवार हुने फाइनल खेलमा बसाहा क्लबले लोहोरुङ फुटबल क्लब, संखुवासभासँग प्रतिस्पर्धा गर्नेछ।
द योङ ब्रदर्श क्लब इटहरीको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेता टिमले नगद चार लाख चार हजार रुपैयाँ नगद प्रदान गरिने भएको छ । यस्तै, उपविजेता टिमलाई दुई लाख दुई हजार दुई सयमा चित्त बुझाउनेछ ।
खेलमा प्रत्येक दिनको म्यान अफ दि म्याचसँगै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई नगद रकम प्रदान गरिने आयोजकले जनाएको छ ।













Discussion about this post