भोजपुरको हतुवागढी गाउँपालिकाकि उपप्रमुख चन्द्रमा राईको विराटनगरमा निधन भएको छ ।
४२ वर्षीया राईको उपचारको क्रममा गएराती विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।
एक सातादेखि ज्वरो, खोकी र झाडा पखालाले ग्रस्त भएपछि उपप्रमुख राईलाई भदौ २९ गते प्राथमिक स्वास्थ्य केन्द्र घोरेरटारमा भर्ना गरिएको थियो ।
केन्द्रमा उपचारपछि डिस्चार्ज गरिएपनि उनको प्रेसरमा समस्या देखिएपछि असोज १ गते धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याईएको थियो ।
उपप्रमुख राईको धरानमा उपचार हुन नसक्ने भएपछि लगत्तै न्यूरो हस्पिटल विराटनगरमा उपचार सुरु गरिएको थियो ।














Discussion about this post