इटहरी : सुनसरीको इनरुवा नगरपालिका–३ स्थित सखुवागाछीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट संयुक्त रूपमा खटिएको टोलीले पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
लौकहीबाट इटहरीतर्फ आउँदै गरेको को २५ प ५०५५ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालक इटहरी–१ का १६ वर्षीय युएन लिम्बूले लगाएको हेल्मेटभित्र लुकाइ राखिएको अवस्थामा ब्राउनसुगर ५.३५ ग्राम फेला परेको प्रहरीले जनाएको छ।
साथै, सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने १८ वर्षीय आशिष बान्तावा राईलाईसमेत नियन्त्रणमा लिई लागूऔषध र मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post