झापा : झापामा बोराभित्र एक महिलाको शव फेला परेको छ ।
दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुल मुनि बगिरहेको पानीमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिबार बिहान अन्दाजी ११ बजेतिर समयमा स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको शव रातो भेस्ट र जिन्सको पाइन्ट लगाएकी अनुमानित ३० देखि ३२ वर्ष जस्तो देखिने महिलाको रहेको छ ।
शवको प्रकृति हेर्दा हत्या गरेर फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान गरिएको छ ।
मृतक महिलाको नाम, थर र ठेगाना खुल्न सकेको छैन भने शवको सनाखत हुन पनि बाँकी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार मृतकको पहिचान खुलाउने प्रयास भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post