Wednesday, July 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

‘म वातावरणको संरक्षण गर्छु’ अभियान

रासस by रासस
जेष्ठ २०, २०८३
in पर्यावरण, विविध, समाचार
0
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस
58
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘म वातावरणको संरक्षण गर्छु’ अभियान सञ्चालन गर्ने भएको छ ।

वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन, जलवायु परिवर्तनका चुनौतीहरूको सामना तथा स्वच्छ र हरित भविष्य निर्माणका लागि नगरपालिकाले अभियान सञ्चालन गर्ने भएको हो ।

बढ्दो प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, फोहरमैला व्यवस्थापनको समस्या तथा प्राकृतिक स्रोतहरूको अन्दाधुन्द दोहनले वातावरणीय सङ्कट गहिरिँदै गएकाले संरक्षण गर्न अभियान सञ्चालन गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

“स्वच्छ हावा, सफा पानी, उर्वर भूमि र जैविक विविधता बिना मानव अस्तित्वको सम्भावना छैन । वातावरण मानव जीवनको आधार हो”, उनले भने, “अभियानले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न, वातावरण संरक्षणमा नागरिकको सहभागिता बढाउन र भावी पुस्ताप्रति हाम्रो जिम्मेवारीलाई आत्मसाथ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘म वातावरणको संरक्षण गर्छु’ अभियान अन्तर्राष्ट्रिय वातावरण दिवसबाट औपचारिक रूपमा सुरुवात हुन्छ ।”

अभियानको पहिलो दिन यही जेठ–२१ गते हाटडाँडादेखि मझुवागढीसम्म वृक्षरोपण तथा नगर सरसफाइ गर्ने र सोही दिन दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयबाट ‘म वातावरणको संरक्षण गर्छु’ भन्ने प्रतिवद्धतासहितको हस्ताक्षर अभियानसमेत सुरु गरिने जनाइएको छ ।

अभियानमा विभिन्न सरकारी कार्यालयहरू, सङ्घसंस्थाहरू र नगरभित्रको विद्यालयहरूमा हस्ताक्षर सङ्कलन गर्ने जनाइएको छ ।

अभियानको दोस्रो दिन सोही विद्यालयमा वातावरणसम्बन्धी सरोकारवाहरूसँग विद्यार्थीहरूको अन्तरसंवाद र विभिन्न विद्यालयहरूले सांकृतिक नाच प्रस्तुत गर्नेछन् ।

सरस्वती माध्यमिक विद्यालयले साकेला नाच, पञ्च माध्यमिक विद्यालयले सङ्गिनी नाच, दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूलले सडक नाटक, माउण्ट एभरेष्ट बोर्डिङ स्कूलले लाखे नाच र हिलसाइड इङ्ग्लिस बोर्डिङ स्कूलले तामाङ सेलो प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

अभियानको तेस्रो दिन नगरवासी, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक तथा कर्मचारी र अन्य निकायका सरोकारवालाहरूको सहभागितामा मध्यपहाडी लोकमार्गको हुर्लुङदेखि रेडपाण्डा–थार पदमार्ग हुँदै रूपाकोट डाँडासम्म पर्यावरणीय यात्रा गरिने नगरपालिकाले मङ्गलबार पत्रकारको आयोजना गरेर जानकारी दिएको छ ।

उक्त अभियानले वातावरणीय चेतनाको अभिवृद्धि हुने, हरित क्रान्ति, दिगो विकास र वृक्षारोपणको प्रवर्द्धन गर्ने, फोहर व्यवस्थापन सुधार र चेतना फैलिने, जलवायु परिवर्तनका असर न्यूनीकरणमा सहयोग पुग्ने, जैविक विविधताको संरक्षणमा सहयोग पुग्ने, युवा पुस्ता र विद्यार्थीमा वातावरणप्रतिको जिम्मेवारी बोध विकास हुने नगरपालिकाले जनाएको छ ।

वातावरण संरक्षण कुनै एक संस्था वा व्यक्तिको मात्र जिम्मेवारी नभई सम्पूर्ण मानव जातिको साझा दायित्व भएकाले ‘म वातावरणको संरक्षण गर्छु’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको नगरउपप्रमुख विशन राईले जानकारी दिए ।

‘म वातावरणको संरक्षण गर्छु’ अभियानलाई सफल बनाउन नगरपालिकाले सञ्चारमाध्यम, सरोकारवाला निकाय तथा नगरवासीलाई अनुरोध गरेको छ ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वडा रहेको) यो नगरपालिकाले यसअघि पनि जैविक विविधता तथा पर्यावरण संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

अन्तरराष्ट्रिय बाँस सम्मेलन, रेडपाण्डा तथा थार महोत्सव, जैविक विविधता तथा रेडपाण्डा–थार अन्तरराष्ट्रिय सम्मेलन लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

राष्ट्रिय बाँस सम्मेलन गरेर बाँस तथा बाँसजन्य सामग्रीको प्रवर्द्धन एवं नीति निर्माणका लागि दबाब सिर्जना गरेपछि नेपाल सरकार, सहरी विकास मन्त्रालयबाट बाँसका संरचना निर्माण सम्बन्धी मार्गदर्शन स्वीकृत भएको छ ।

सरकारले स्वीकृत गरेको मार्गदर्शनमा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र किफायती संरचना निर्माणका लागि आवश्यक प्राविधिक विवरण र घरका नमुना डिजाइनसमेत समावेश गरिएको छ ।

जैविक विविधता तथा वातावरण संरक्षणमा काम गर्दै आएको नगरपालिकालाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले पुरस्कृत गरेको छ ।

बाँसजन्य स्रोतको संरक्षण, प्रवर्द्धन तथा प्रयोगमार्फत स्थानीयस्तरमा बाँसलाई भवन निर्माण, हस्तकला, व्यावसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रूपमा रूपान्तरणसँगै बाँससम्बन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको नाष्टले जनाएको छ ।

Tags: #खोटाङ#राससपर्यावरणवातावरण
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरी घटनापछि इटहरीमा सद्भाव र्‍याली, ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’ भन्दै शान्तिको सन्देश
FEATURE BREAKING

सुनसरी घटनापछि इटहरीमा सद्भाव र्‍याली, ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’ भन्दै शान्तिको सन्देश

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले नागरिक समाजको अगुवाइमा बुधबार इटहरीमा सद्भाव...

सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै
FEATURE BREAKING

सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक घटनापछि तनावग्रस्त बनेको क्षेत्रलाई वार्ता र संवादमार्फत सामान्य अवस्थामा फर्काउने प्रयास...

आज गुरू पूर्णिमा

श्रद्धा र सम्मानका साथ आज गुरु पूर्णिमा मनाइँदै

साउन १३, २०८३
खोटाङको राजापानीमा बाघ आतङ्क

आज विश्व बाघ दिवस : गणना सार्वजनिक गरिदैँ, यसरी सर्वेक्षण गरिएको थियो यस वर्ष

साउन १३, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मोरङमा ट्रकको चक्कामुनि परेर एक जनाको मृत्यु

साउन १३, २०८३
देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

देवानगञ्ज घटनामा पीडित परिवारको माग– ‘सहिद घोषणा गरियोस्’

साउन १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी घटनापछि इटहरीमा सद्भाव र्‍याली, ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’ भन्दै शान्तिको सन्देश

सुनसरी घटनापछि इटहरीमा सद्भाव र्‍याली, ‘नेपालमा फेरि बुद्ध जन्माइदेऊ’ भन्दै शान्तिको सन्देश

साउन १३, २०८३
सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै

साउन १३, २०८३
आज गुरू पूर्णिमा

श्रद्धा र सम्मानका साथ आज गुरु पूर्णिमा मनाइँदै

साउन १३, २०८३
खोटाङको राजापानीमा बाघ आतङ्क

आज विश्व बाघ दिवस : गणना सार्वजनिक गरिदैँ, यसरी सर्वेक्षण गरिएको थियो यस वर्ष

साउन १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.