Sunday, July 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

मिक्लाजुङमा कविताको वर्षा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
in कला साहित्य, समाचार
0
मिक्लाजुङमा कविताको वर्षा
137
SHARES
Share on FacebookShare on Twitter

मेरो माया मफलर भए

बाँधिहिड्थेँ गलामा !

कैलेकाहीँ त मन नहुँदा

टाँगिहिड्थेँ किलामा ! 

करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी काइँलाले सिर्जना गरेको ‘माया र मफलर’ शीर्षकको कविता वाचन भइरहँदा, खचाखच भरिएको हलले अनौठो मानेर सुनिरहेका थिए ।

कविता नलेख्ने मात्रै होइन, कहिल्यै वाचनसमेत नगरेका मिक्लाजुङ गाउँपालिका प्रमुख बविकुमार राई, त्यो अनौठोका कारण बनेका थिए । पोडियमको माइकअघि उभिएर अध्यक्ष राईले मोबाइलको स्क्रिन चलाएजस्तो गरे । केही असजिलो देखिएका उनले भरिभराउ हलतिर आँखा डुलाउँदै मुस्कुराए ।

र, काइँलाको चार हरफे कविता कण्ठस्त वाचन गरिदिए । हल तालीले गुञ्जयमान् बन्यो । उक्त कविता वाचनसँगै कार्यक्रम सञ्चालकले ‘मिक्लाजुङ काव्य उत्सव– २०८३’ को विधिवत उद्घाटन भएको जनाउ दिए ।

मिक्लाजुङ साहित्य समाज मोरङको आयोजनामा सम्पन्न काव्य उत्सवमा कोशी प्रदेश र प्रदेश बाहिरका करिव पाँच दर्जन कविहरूले आ–आफ्ना कविता सुनाएका थिए । निरन्तर तीन घन्टासम्म चलेको काव्यीक दौडको सुरुवात विराटनगरका कवि सीमा अभासले ‘चक्रवर्ती महाराजप्रति’ शीर्षकबाट गरेकी थिइन् ।

पर्यटनसँगै साहित्य सन्देशका साथ सम्पन्न भएको काव्यिक उत्सवमा चर्चित कविहरू भूपिन, निमेश निखिल, विना थिङ, मुनाराज शेर्मा, सुन्दर कुरुप, शुभलक्ष्मी लम्साल, सुमीत्र वाङ्देल चेली, प्रकाश बुढाथोकी, देवान किराती, सुदीप पाख्रिन, सविता फागो, नरेश काङ्माङ राई, चन्द्र गुरुङ, विनेश राई मिन्जाई, अमित थेबे, पराजित पोमु, टोलीप्रसाद राजवंशी, प्रकाश दिप्साली, विवश बलिभद्र, भूपेन्द्र तिमल्सिना, कृष्ण काश्यप, राज भट्टराई, अभागी थेगुवा, सेलीङ केसी, रुमानी कुलुङ, जेबी निखुन्त, अनिष राई, विराट किराती, केपी घिमिरे, युवराज ठकुरी, यज्ञ परिश्रमी, युगयोगी राई, दिलिप सगर, शकुन्तला मञ्जर, साङ्सेन पन्धाक, अबीलाल राई, प्रवेग हाङ्स्रोङ, दीपा मग्राती, किरण शिवालगायतको प्रस्तुति थियो ।

लगातार तीन घन्टाको काव्य श्रवणपछि चितवनबाट मिक्लाजुङको काव्यमेला भर्न आइपुगेका कवि भूपिनले भने, ‘भव्य ! यतिका धेरै कविहरू एकैठाउँ समेट्नु आयोजकका लागि जोखिम थियो । तर आज मेरो शङ्काले फेल खायो । अलिकति पनि बोरिङ भएन ।’

पर्यटकीय क्षेत्रको रूपमा विस्तार भइरहेको मोरङको मिक्लाजुङ– १, रमितेखोला स्थित ‘न्यू रमिते स्काई भ्यू’ होटलमा भएको काव्य उत्सवमा बोल्दै मिक्लाजुङ गाउँपालिका प्रवक्ता पर्वत राईले भने, ‘साहित्यमा भूगोल, समाज, संस्कृति, स्वभाविक रूपमा आउने भएकाले आगामी दिनमा तपाइँहरूका सिर्जनामासमेत रमितेखोलाको सुवास मिसियोस् । जसले भर्खरै राइज हुँदै गरेको यस पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुगोस् ।’

कवि गगन योक्पाङ्देनले सहजीकरण गरेको कार्यक्रममा कविहरूलाई सुनिसकेपछि, प्रमुख अतिथिको मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष राईले भने, ‘आज अचम्मै भयो । साहित्यको पनि यति भव्य कार्यक्रम हुनेरहेछ ।’

उनले कविहरूले वाचन गरेको कविताको प्रशंशा मात्रै गरेनन् । विगतमासमेत साहित्यिक कार्यक्रमहरूमा पुग्ने गरेको बताउँदै उनले थपे, ‘एकैपटक यतिका धेरै कविहरूलाई आफ्नै क्षेत्रमा सुन्न पाउनुलाई मैले अवसरको रूपमा लिएको छु ।’

कविताको भावमा प्रवेश गरेर कविताहरूको व्याख्यासमेत गर्न भ्याए । उनी यतिमै अडिएनन् । आगामी वर्षमा पालिकाले विशेष बजेटको व्यवस्था गरेर साहित्य तथा पर्यटन महोत्सव गर्ने प्रतिबद्धता नै जनाए ।

मिक्लाजुङ गाउँपलिका मोरङ र अन्य शुभेच्छुकहरूको आर्थीक सहयोगमा भएको काव्य उत्सवका सभापति मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्र घिमिरेले उत्सवलाई टुङ्ग्याउँदै भने, ‘हाम्रो मिक्लाजुङलाई एकपटक जुरुक्क उठाइदिनु भयो । तपाइँहरू सबैलाई धन्यवाद ।’

 

Tags: #साहित्यकवितामिक्लाजुङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद
समाचार

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

by टाकुरा न्यूज । इटहरी
साउन ९, २०८३
0

इनरुवा : सुनसरी प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका करिब आठ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ। प्रहरी टोली...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु
समाचार

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

by टाकुरा न्यूज । इटहरी
साउन ९, २०८३
0

मोरङ : मोरङको धनपालथान गाउँपालिकामा साथीसँग खेल्न गएकी एक १२ वर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। शनिबार दिउँसो धनपालथान...

फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा १०८ ग्राम ब्राउनसुगरसहित एक पुरुष पक्राउ

साउन ९, २०८३
१ अर्ब ३१ करोडको भ्याट छली प्रकरणमा विराटनगरका व्यवसायी सौरभ बियानी कारागार चलान

विराटनगर : ६० हजारभन्दा बढी करदाता, तर लक्ष्यअनुसार राजस्व उठेन

साउन ९, २०८३
मोरङमा बेपत्ता भएको चार घण्टामै बालिका मृत भेटिइन्, हत्या भएको प्रहरीको आशंका

मोरङमा बेपत्ता भएको चार घण्टामै बालिका मृत भेटिइन्, हत्या भएको प्रहरीको आशंका

साउन ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

साउन ९, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा १०८ ग्राम ब्राउनसुगरसहित एक पुरुष पक्राउ

साउन ९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1108 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    772 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    628 shares
    Share 251 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    600 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.