Tuesday, June 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

पर्यावरण : वनलाई जैविक विविधताको केन्द्र बनाउने लक्ष्य, १० हेक्टरमा वृक्षारोपण

रासस by रासस
असार १६, २०८३
in पर्यावरण, विविध, समाचार
0
पर्यावरण : वनलाई जैविक विविधताको केन्द्र बनाउने लक्ष्य, १० हेक्टरमा वृक्षारोपण
54
SHARES
Share on FacebookShare on Twitter

झापा : चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको १० हेक्टर जमिनमा आयुर्वेदिक औषधीय गुण भएका दुर्लभ वनस्पतिदेखि वातावरणीय सन्तुलनका लागि महत्व बोकेका बिरूवाहरू रोप्न सुरु गरेको छ ।

भद्रपुर नगरपालिका–९ र १० मा अवस्थित वनमा असारभित्रै १५ हजार विभिन्न वनस्पतिका बोटविरुवा रोपिने वन समितिका अध्यक्ष अनुज खतिवडाले जानकारी दिए। उनले डिभिजन वन कार्यालय झापाको सहकार्यमा बिरुवा रोपन सुरु गरिएको उनले बताए ।

उनका अनुसार खाली जमिनमध्ये १५ बिघामा रोपिने आयुर्वेदिक औषधीय गुण भएका दुर्लभ वनस्पतिदेखि वातावरणीय सन्तुलनका लागि महत्व बोकेका बिरूवा आइतबारदेखि सुरु गरिएको छ ।

डिभिजन वन कार्यालय झापाको रु १५ लाख ५० हजार तथा वन समूहको रु दुई लाख २५ हजार लागत सहभागितामा वृक्षरोपण सम्पन्न गरिने समितिका अध्यक्ष खतिवडाले जानकारी दिए ।

उनले श्रीखण्ड, अगरू जस्ता दुर्लभ वनस्पतिदेखि बडहर, लटहर, बयर जस्ता फल तथा शतिसाल, वीरेन्द्र फूललगायत बिरूवा रोप्न थालिएको बताए ।

डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहियार यादवले हरित पर्यटन विकास तथा पर्यावरणको सुरक्षाका लागि वृक्षरोपणलाई योजनाबद्ध रूपमा अगाडि बढाइएको भन्दै वनले ९० प्रतिशत बिरूवा हुर्काउने शर्तमा कार्यक्रम दिइएको बताए ।

कुल ३४९ हेक्टर क्षेत्रफलमा फैलिएको यस चन्द्रगढी सामुदायिक वनमा यसअघि साल, कर्मा, जामुन र टिक जस्ता रैथाने प्रजातिका रुखहरूको बाहुल्यता रहँदै आएको छ ।

हाल भइरहेको नयाँ प्रजातिका बोटबिरुवाको वृक्षारोपणले यहाँको जैविक विविधतालाई थप मजबुत बनाउने विश्वास गरिएको अध्यक्ष खतिवडाले बताए ।

वनभित्र रहेका प्राकृतिक सिमसार र पोखरीहरूका कारण यहाँ विभिन्न रैथाने तथा आगन्तुक चराचुरुङ्गीहरूको राम्रो बासस्थान रहेकाले चरा अवलोकनका लागि पर्यटकहरू आउने गरेका छन् ।

वन समितिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न वनभित्र व्यवस्थित वनभोज स्थल, बाल उद्यान, विश्रामस्थल र प्रकृतिको आनन्द लिनका लागि पर्यावरणीय पदयात्रा मार्गसमेत निर्माण गरेर पर्यापर्यटनका गतिविधिहरूलाई तीव्रता दिएको छ ।

Tags: #झापा#वृक्षारोपणजैविक विविधतापर्यावरण
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु
समाचार

मोरङमा गुडिरहेको ट्याक्टरबाट लड्दा २० वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार १६, २०८३
0

मोरङ : मोरङको उर्लाबारीमा गुडिरहेको ट्याक्टरबाट लड्दा एक युवकको मृत्यु भएको छ। मंगलबार बिहान करिब ७ः१० बजेतिर उर्लाबारी–मधुमल्ला सडकखण्डअन्तर्गत उर्लाबारी...

इनरुवामा कमन मैनाको मातृत्व
पर्यावरण

इनरुवामा कमन मैनाको मातृत्व

by टाकुरा न्यूज । इटहरी
असार १६, २०८३
0

सुनसरीको इनरुवा नगरपालिका–९ मा बचेरालाई खुवाउन आहारा लिएर आएको डांग्रे रूपी ‘कमन मैना’ । यति बेला चराचुरुंगीको बचेरा हुर्काउने समय...

झापामा मापसे सेवन गरेर छिमेकीको घर छेउ पुगेपछि रूखमा बाँधेर राखे, बिहान मृत भेटिए

झापामा असिना र हुरीले मकै उत्पादनमा ६८ हजार मेट्रिक टन गिरावट

असार १६, २०८३
पहिरोको कारण मेची राजमार्ग अवरुद्व

संखुवासभामा पहिरोको जोखिम, स्वास्थ्य चौकीसहित २८ परिवार विस्थापित

असार १६, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

तोकिएको समयमा बस्न नसकेपछि कोशी प्रदेशसभा बैठक पुनः सारियो

असार १६, २०८३
बाढीको त्रासमा धाप्लाङघाट, नदी किनारको बस्ती असुरक्षित

बाढीको त्रासमा धाप्लाङघाट, नदी किनारको बस्ती असुरक्षित

असार १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पर्यावरण : वनलाई जैविक विविधताको केन्द्र बनाउने लक्ष्य, १० हेक्टरमा वृक्षारोपण

पर्यावरण : वनलाई जैविक विविधताको केन्द्र बनाउने लक्ष्य, १० हेक्टरमा वृक्षारोपण

असार १६, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मोरङमा गुडिरहेको ट्याक्टरबाट लड्दा २० वर्षीय युवकको मृत्यु

असार १६, २०८३
इनरुवामा कमन मैनाको मातृत्व

इनरुवामा कमन मैनाको मातृत्व

असार १६, २०८३
झापामा मापसे सेवन गरेर छिमेकीको घर छेउ पुगेपछि रूखमा बाँधेर राखे, बिहान मृत भेटिए

झापामा असिना र हुरीले मकै उत्पादनमा ६८ हजार मेट्रिक टन गिरावट

असार १६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    746 shares
    Share 298 Tweet 187
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    383 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.