मोरङको सुन्दरहरैँचा नगरपालिका–३ आइतबारेमा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि निर्घात कुटपिट भएको छ ।
बोक्सीको आरोप लगाउँदै त्रिसुलले महिलाले नै स्थानीय छिमेकी महिलालाई कुटपिट गरेकि हुन् ।
स्थानीय २९ वर्षीया धनहीरा राईले छिमेकी ३८ वर्षीया महिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । घटनाको भिडियोसहित पीडित पक्ष बिहीबार बिहान प्रहरी कार्यालय पुगेपछि घटना बाहिर आएको हो ।
पीडित पक्षले किटानी जाहेरी दिएपछि कुटपिटमा संलग्न धनहीरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार धामी बस्दा प्रयोग गरेको त्रिसुलले प्रहार गरिएकी महिलाको पेट, हात, काँध, पाखुरा लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । चोट लागेको ठाउँबाट धेरै रगत पनि बगेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले कुटपिट गर्ने महिलाविरुद्ध बोक्सी आरोपको कसुरमा कारबाही अघि बढाउन अनुसन्धान थालिएको बताए ।














Discussion about this post