Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीको बर्गर हाउसमा चोरी गर्ने ६ जना सडक बालक अदालतको आदेशपछि रिहा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २०, २०७७
in समाचार
0
इटहरीको एक रिसोर्टबाट युवतीसहित सातजना पक्राउ
244
SHARES
Share on FacebookShare on Twitter

१४ वर्ष मुनीका बालबालिकाविरुद्ध कानुनी कारवाहीको व्यवस्था नरहेको विषयलाई बेवास्ता गर्दै सुनसरी प्रहरीले डाँका मुद्दा चलाएका ६ जना सडक बालक सुनसरी जिल्ला अदालतको आदेशपछि रिहा भएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी हिरासतमा राखेर डाँका अभियोगमा मुद्दा चलाएका ६ जना सडक बालक सुनसरी जिल्ला अदालतका प्रमुख न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासको आदेशपछि रिहा भएका हुन ।

उनीहरूमाथि इटहरी प्रहरीले गत भदौ २६ गते इटहरी ६ मा राजकुमार तामाङ लगायतले सञ्चालन गरेको बरगर हाउसको सटर फोरेर ४३ हजार नगद चोरी गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाएको थियो ।

बालबालिका ऐनमा बालबालिकाहरू कुनै पनि आपराधिक घटनामा संलग्न भएको पाइए कानुन अनुसार मुद्दा चलाउन र हिरासतमा राख्न नपाइने व्यवस्था छ ।

इलाका प्रहरी कार्यालयले कानुनी व्यवस्थालाई बेवास्ता गर्दै हिरासतमा राखेर मुद्दा दर्ता गरेको हो ।

प्रहरीले उनीहरूको आफ्नै हिसाबले उमेर बढाएर हिरासतमा लिई मुद्दा दर्ता गराइएको विषय सार्वजनिक भएपछि अदालतले प्रहरीलाई हिरासतमा रहेका वालकहरूको उमेर पहिचान गरी रिपोर्ट ल्याउन निर्देशन दिएको थियो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको उमेर पहिचान परीक्षणमा उनीहरूको उमेर १४ वर्ष मुनी रहेको प्रमाणित भएपछि न्यायाधीश कोइरालाको इजलासले नाबालकलाई बालबालिका ऐन २०७५ अनुसार हिरासतमा राख्न नपाइने र डाँका मुद्दा समेत नलाग्ने भन्दै आइतबार रिहा गर्न आदेश दिएको थियो ।

बालबालिका ऐन २०७५ अनुसार १४ वर्ष मुनिका बालबालिकाले कुनै अपराध गरेको भए सम्झाइ बुझाइ छाड्नुपर्ने व्यवस्था छ ।

यसरी रिहा गरिएको नाबालकहरू उदयपुरको बेलका नगरपालिकाका, सुनसरीको इनरुवा, बराहक्षेत्र, मोरङको विराटनगरका र सुन्दरहरैचाका हुन् । अदालतको आदेशपछि सुनसरी प्रहरीले ती छ बालकलाई भ्वाइस अफ चिल्ड्रेन (भिओसी) लाई संरक्षणका लागि बुझाइएको छ ।

अपराध न्यूज बाट ।

Tags: #इटहरी#चोरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
समाचार

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसलमाथि प्रशासनले कारबाही थालेको छ। संयुक्त अनुगमन टोलीले कानुनी...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
FEATURE BREAKING

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

साउन ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    438 shares
    Share 175 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.