मोरङको उर्लाबारी नगरपालिका– ७ मा रहेको पाथिभरा अस्मिता ज्वेलर्सबाट शुक्रबार दिउँसो सुन चोरी गर्न खोज्ने एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
दिनेश शाहीले सञ्चालन गर्दै आएको ज्वेलर्समा तिलहरी राखिएको स्वकेश फुटाएर चोरी गर्न खोज्ने पथरीशनिश्चरे नगरपालिकाका विशाल लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले जानकारी दिएका छन्।
लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।














Discussion about this post