अरिङ्गालले टोकेर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–६ बस्ने २९ वर्षीय पातल सिंह राईको मृत्यु भएको छ ।
जङ्गलमा घाँस काट्न गएका बखत सिंहलाई घाँस काटिरहेको समयमा एक्कासी अरिङ्गालले टोक्का उनी बेहोस बनेका थिए ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार उनलाई शरीरका विभिन्न भागमा अरिङ्गालले टोकेको थियो ।
बेहोस बनेका उनलाई जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा आइतबार बिहान ११ बजेतिर ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले बताएको छ। ।














Discussion about this post