मोरङको सुन्दरहरैँचा नगरपालिका ८ मा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
को ३ त १३ नं. को ट्याक्टरलाई बिपरीत दिशाबाट आउँदै गरेको को १६ प ४८९ नं. मोटरसाईकलले ठक्कर दिदाँ चालक सुन्दरहरैँचा १ बस्ने बर्ष ६१ को चन्द्र कार्कीको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ट्याक्टर चालक सुन्दरहरैँचा ८ बस्ने बर्ष २६ को अशोक खवास ईप्रका बिराटचौकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post