विराटनगर महानगरपालिका–३ दूधफारम नजिकै भारतीय नम्बरको लहरीले अटो टेम्पोलाई ठक्कर दिँदा शुक्रबार दिउँसो भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर एक पुरुष र एक महिला गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परेर मृत्यु भएकी अन्दाजी ३५÷४० वर्षीया महिलाको पहिचान खुलेको छैन । उनको नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका घाइतेहरुको पनि पहिचान खुल्न सकोको छैन । घाइतेमध्ये पुरुष अटोका चालक हुन् । दुवै घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
सुनसरीको दुहवीतिरबाट आउँदै गरेको एनएल ०२–एन ४४८७ नम्बरको भारतीय लहरीले सोही दिशाबाट आउँदै गरेको को ३ ह २८१२ नम्बरको अटो टेम्पोलाई दूध फारम नजिकैको स्थानमा ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले तीव्र गतिमा रहेको लहरीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको जनाको छ ।
दुर्घटनाबाट टेम्पोमा पूर्ण रुपमा क्षति पुगेको छ भने लहरी सडकबाट पल्टिएर खेतमा पुगेको छ । प्रहरीले लहरीका चालकलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।














Discussion about this post