सुनसरीको वराहक्षेत्र–१० प्रकाशपुरमा धान थ्रेसर गर्दै गरेको समयमा अचानक आगलागी हुँदा करीब २२ लाख बराबरको क्षति भएको छ ।
स्थानीय जानूका कार्कीको धान थ्रेसर लगाउने क्रममा ट्याक्टरको इञ्जिन तातिएका कारण आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगलागीका कारण करीब पन्ध्र मन धान, पराल, ट्याक्टर, थ्रेसरमा क्षति पुगेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए ।
उनका अनुसार वराहक्षेत्रको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि ट्याक्टर, थ्रेसर काम नलाग्ने अवस्थामा पुगेको छ ।













Discussion about this post