मोरङको सुन्दरहरैँचामा मोटरसाइकलको ठक्करबाट १५ दिने शिशुको मृत्यु भएको छ ।
को ३६ प ४४२४ नम्बरको मोटरसाइकलले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैँचा–६ दुलारीमा १५ दिनको छोरा बोकेर हिड्दै गरेकी २५ वर्षीया कल्पना यादवलाई ठक्कर दिएको थियो ।
ठक्करबाट कल्पनाको काखमा रहेको उनको १५ दिने छोरा भुइमा बजारीएर घाइते भएपछि उपचारको क्रममा धरान स्थित विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाले जानकारी दिए ।
ढकालका अनुसार रातको समयमा छोरा बिरामी भएपछि उपचारका लागि अस्पचताल लैजान सडकमा निस्किएकी कल्पनालाई मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक सुन्दरहरैँचा–७ का बिनोद चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post