बन्धन ब्रान्डको गुणस्तरीय सिमेन्ट पूर्वी नेपालको ठूलो सिमेन्ट उद्योग नेपाल अल्ट्राटेक सिमेन्ट प्रा. लि. ले उत्पादन गर्दै आएको छ ।
पछिल्लो समय यसले पूर्वमा लोकप्रियता कमाउँदै गएको छ ।
बन्धन सिमेन्ट जर्मन टेक्नोलोजीले बनेको पूर्वी नेपालकै सबैभन्दा ठूलो ग्राइन्डिङ युनिट क्षमता भएको सिमेन्ट उद्योग हो । जर्मन टेक्नोलोजीले बनेको उक्त युनिटले १६०० टनसम्म उत्पादनको क्षमता राख्ने कम्पनीका अध्यक्ष मनिष कुमार मारुले जानकारी दिए ।
‘यो पूर्वी नेपालमै सबैभन्दा ठूलो क्षमताको ग्राइन्डिङ युनिट हो,’ उनले भने, ‘हामी गुणस्तरीय सिमेन्ट ठूलो परिमाणमा उत्पादन गर्ने क्षमता राख्छौँ ।’
नेपाल सरकारबाट नेपाल गुणस्तर प्रमाण चिन्ह पाएको बन्धन सिमेन्ट नेपाल अल्ट्राटेक सिमेन्ट प्रा।लि।ले उत्पादन गर्दै आएको छ ।
उद्योगले अत्याधुनिक जर्मन टेक्नोलोजीबाट उच्च स्तरीय बन्धन ब्रान्डको ओपिसी, पियससी र पिपिसी गरी तीन किसिमको सिमेन्ट उत्पादन गर्दै आएको छ ।
















Discussion about this post