तरहरा : नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षका लागि तरहरा जेसीज वर्ष २०२० का अध्यक्ष सुनिल तिम्सिनाले उमेद्धारी दिएका छन् ।
तरहरा जेसीजमा रहेर कुशल नेतृत्व गरेका उनले राष्ट्रिय उपाध्यक्ष पदका लागि उमेद्धारी दिएका हुन् ।
२०१२ मा जेसीज अभियानमा सदस्यका रुपमा होमिएका उनी २०१३ मा सचिव, २०१४ मा शाखा सम्पादक, २०१५ मा प्रकरण निर्देशक, २०१६ मा कार्यकारीणी उपाध्यक्ष, २०१७ मा महासचिव, २०१८ मा तालिम निर्देशक, २०१९ मा कानुनी सल्लाहकार हुँदै २०२० मा अध्यक्ष बन्न पुगेका थिए ।
उनले नेपाल जेसीजको राष्ट्रिय प्रशिक्षक समेत भएर तालिम दिइसकेका छन् ।
तेह्र बालबालिका स्मृति विद्यालय रामधुनीका प्रधानाध्यापक समेत रहेका तिम्सिनाले नेपाल जेसीज वर्ष २०२१ लागि राष्ट्रिय उपाध्यक्ष पदमा उमेद्धारी दिनु सकारात्मक रहेको अन्य शाखाका पदाधिकारीले समेत बताएका छन् ।
यही पौष १, २ र ३ गते भलवारीमा राष्ट्रिय महाधिवेशन हुँदैछ ।
















Discussion about this post