सुनसरीका सडक मानव तथा बालबालिकाहरुलाई प्रदेश १ सरकारले उद्दार गरेर सम्बन्धित संघसंस्थालाई जिम्मा लगाएको छ ।
प्रदेश १ को सडकहरुलाई सडक मानव मुक्त बनाउने अभियान अन्तर्गत प्रदेश सरकारले सडकबाट मानिसहरुलाई उद्दार गरेको हो । समाजिक विकास मन्त्रालयको संयोजनमा सहयोगापेक्षी सडक मानवहरुलाई उद्दार तथा पूर्नस्थापना अभियान अन्तर्गत आज सुनसरीका ९३ जनालाई प्रदेश सरकारले उद्दार गरेको छ ।
ती मध्ये धरानबाट ६३ जना र इटहरीबाट ३० जना छन् । धरान र इटहरी उपमहानगरपालिकाले ती मानिसहरुलाई प्रदेश सरकार समक्ष हस्तान्तरण गरेको थियो ।
स्थानीय सरकारले हस्तान्तरण गरेको ९३ जना सडक मानवहरुलाई सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको उपस्थितिमा मानवसेवा आश्रमलाई जिम्मा लगाईको छ ।

सडकमा आश्रित मानवरहित राजमार्ग बनाउने संघीय सरकारको नीति अनुसार प्रदेश सरकारले स्थानीय सरकार र सम्बन्धित संस्थाहरुसँग सहकार्य गरेर यो अभियान संचालन गरिएको राज्यमन्त्री गजमेरले बताइन् ।
धरानका मेयर तिलक राईले धरान मनकारीहरुको शहर भएकैले सडकमा आश्रितहरुको संख्या बढि भएको हुनसक्ने धारणा व्यक्त गरे । सडकमा बाध्यता वा रहरले आश्रित भएकाहरुको वर्गीकरण गरेर मानव सेवा आश्रमले सेवा प्रदान गर्न र सीपमुलक तालिम दिएर पुर्नस्थापना गर्न पनि आग्रह गरे ।
इटहरीकी उपमेयर लक्ष्मी गौतमले सडकमा मानसिहरु किन आउछन् भन्ने विषयमा रिचर्स गर्न आवश्यक भएको बताइन् ।













Discussion about this post