प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्ताव सामना गर्न तयार रहेको बताएका छन् ।
नेकपाको दाहाल–नेपाल समूहले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेको विषयमा सञ्चारकर्मीसँग प्रतिक्रिया जनाउँदै मुख्यमन्त्री राईले सुविधाजनक बहुमतका साथ सामना गर्ने बताएका हुन् ।
अविश्वासको प्रस्ताव म सुविधाजनक बहुमतका साथमा प्रदेशसभामा सामना गर्छु, उनले भने, प्रदेशलाई कोल्याप्स गर्ने र तहसनहस बनाउने चाहना र उद्देश्य असफल बनाउनेछु ।
प्रदेशसभा सदस्य इन्द्र आङ्बोको अगुवाइमा आइतबार बिहान मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
















Discussion about this post