इटहरी : इटहरी उपमहानगरले लगानी सम्मेलन गर्ने भएको छ ।
लगानी सम्मेलनका लागि सोमबार पूर्वतयारी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
उपमहानगरका विज्ञसमूह, कार्यपालिका सदस्यहरु, उपमहानगरका कर्मचारी र संचारकर्मी बीच अन्तक्रिया गरिएको हो ।
कार्यक्रममा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले लगानी सम्मेलनको आवश्यकता र औचित्यका बारेमा प्रकाश पारेका थिए । उनले इटहरीको सम्वृद्धि र विकासका लागि विभिन्न संभावनाहरु वताउदै त्यसका लागि लगानी जुटाउँन लगानी सम्मेलन गर्न लागिएको बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले इटहरीको दीर्घकालिन विकासलाई ध्यानमा राखेर योजनावद्ध तयारीका साथमा लगानी सम्मेलन गरिनुपर्ने सुझाव दिएका थिए ।
इटहरीमा लगानीका क्षेत्रहरु पहिचान गरी त्यसमा लगानीका लागि के कस्तो वातावरण वनाउँन सकिन्छ त्यसमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा विज्ञ सल्लाहकार संयोजक डा. दिवाकर रेग्मी, रेवती घिमिरे, तारा पोखरेल, जगदीश ओली, रुद्र वस्नेत, मणिराम गिरी, राजु केसी, भोलाकाजी वस्नेत, विमला तिम्सिना लगायतले लगानी सम्मेलनको बारेमा सुझाव दिएका थिए । कार्यक्रममा कार्यपालिका सदस्यहरु चन्द्र भटटराई, भगवान लाल शाह, हर्क मगर, विश्व घिमाल र वडा सदस्य सन्तोष पराजुलीले पनि आफ्ना धारणा राखेका थिए ।
६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग
तस्बिरमा मकालु पदमार्ग । हिमाली भू–दृश्य, वनजङ्गल र बस्ती जोड्दै यात्रुलाई प्रकृति र संस्कृतिको अनुपम अनुभूति गराउने मार्ग। तस्बिरहरू :...













Discussion about this post