मोरङ : मोरङको रंगेलीमा जंगली हाइना देखिएको दाबी गरिएको छ । पछिल्लो एक सातायता हुँडार (हाइना) देखिएको दाबी गरिएपनि हालसम्म पुष्टि भएको छैन ।
सडकमा हाइनाको बथान देखिएको भन्दै सामाजिक सञ्जालमा तस्बिर भाइरल बनाइएको छ । यद्यपि, हालसम्म पुष्टि भइनसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।
वन कार्यालयमा सूचना आएपछि उद्दारका लागि टोली परिचालन गर्दा हाइना भेट्न नसकिएको डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाले जानकारी दिए ।
उनका अनुसार हाइना देख्ने व्यक्तिसँग उद्दारका लागि पुगेको टोली सोधपुछ गरी फर्किएको हो । चितुवाको हल्ला चलेपछि डिभिजन वन कार्यालयले कोशी टप्पु वन्यजन्तु आरक्षबाट उद्दार टोली बोलाएको थियो ।
रगेली नगरपालिका– ५ का वडाध्यक्ष महान्द मण्डलका अनुसार शनिबार राति हाइनाको हुल देखिएको थियो ।
शनिबार राति रंगेली नगरपालिका–५ मा हाइना देखिएको हल्ला चलेपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली पनि खटिएको थियो । तर, हाइना नदेखिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।












Discussion about this post