Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

जेनजी आन्दोलनमा ‘उत्सव’को आरोप, कोशीका निवर्तमान मन्त्री भण्डारीविरुद्ध विद्यार्थी नेताको प्रश्न

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १७, २०८२
in टाकुरा विशेष, समाचार
0
जेनजी आन्दोलनमा ‘उत्सव’को आरोप, कोशीका निवर्तमान मन्त्री भण्डारीविरुद्ध विद्यार्थी नेताको प्रश्न
151
SHARES
Share on FacebookShare on Twitter

इटहरी : जेनजी आन्दोलन उत्कर्षमा पुगेको समयमा कोशी प्रदेशमा राजनीतिक नेतृत्वले निर्वाह गरेको भूमिकामाथि पुनः प्रश्न उठ्न थालेको छ।

कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई लक्षित गर्दै सुनसरीका विद्यार्थी नेता उज्वल सिग्देलले आन्दोलनका बेला राज्य संयन्त्र र जिम्मेवार पदमा बसेकाहरूले देखाएको व्यवहारप्रति प्रश्न उठाएका हुन्।

सिग्देलले सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्दै मन्त्री भण्डारीको निवास आसपास भएको आगजनी, हिंसा र नागरिकको मृत्युका घटनालाई स्मरण गराउँदै नेतृत्वको संवेदनहीनता उजागर भएको बताएका छन्।

उनले लेखेका छन्, “एक जना मन्त्री जसको घरबाट करिब एक सय मिटर छेउमा भएको नगरपालिकाको कार्यालय जलेर खरानी भयो। उहाँकै घर आसपास निर्दोष नागरिकहरू मारिए। उहाँको नगरमा भएका लगभग सम्पूर्ण सरकारी कार्यालय खरानी भए। तर उहाँ (रेवतीरमण भण्डारी) मेरो घर जलेन, छिमेकीहरूले बचाइदिए भनेर भनेर उत्सव मनाइरहनु भएको थियो।”

आन्दोलनका क्रममा जनधनको क्षति भइरहँदा जिम्मेवार व्यक्तिहरू आत्मकेन्द्रित अभिव्यक्तिमा सीमित हुनु दुःखद् भएको सिग्देलले टिप्पणी गरेका छन्।

सिग्देलका अनुसार जेनजी आन्दोलन तोडफोड र अराजकतासँग मात्र जोडेर बुझ्नु गलत हो।

खासगरी आन्दोलनमा राज्यप्रति बढ्दो असन्तोष, भ्रष्टाचार, बेरोजगारी, अवसरको अभाव र राजनीतिक नेतृत्वप्रतिको अविश्वास अभिव्यक्त भएको थियो।

सिग्देलले आन्दोलनको समयमा को-को नेता कहाँ उभिए, कसले संवादको पहल गरे र कसले बल प्रयोगलाई प्राथमिकता दिए भन्ने कुराको मूल्याङ्कन भविष्यमा हुने दाबी गरेका छन्।

उनले भनेका छन्, “त्यो कठिन समयमा कुन नेताको भूमिका के कस्तो थियो, त्यसको आगामी दिनमा पाई-पाई हिसाब हुन्छ।”

सिग्देल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सुनसरीका पूर्व अध्यक्षसमेत हुन्। तर पछिल्लो समय उनी पार्टी नेतृत्वप्रति आलोचनात्मक देखिँदै आएका छन्।

उनले एमाले नेतृत्वले जेनजी आन्दोलनको मर्म, युवाको असन्तोष र नयाँ पुस्ताको राजनीतिक चेतनालाई बुझ्न नसकेको आरोप लगाउँदै आएका छन्।

पछिल्लो समय जेनजी आन्दोलनका क्रममा भएका मृत्यु, आगजनी र सार्वजनिक सम्पत्तिको क्षतिबारे सत्य, तथ्य छानबिन र राजनीतिक जिम्मेवारी तोक्नुपर्ने माग विभिन्न कोणबाटसमेत उठ्दै आएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कोशी प्रदेशका विभिन्न जिल्लाका सरकारी कार्यालय, स्थानीय तहका संरचना, सवारीसाधन र अन्य सार्वजनिक सम्पत्तिमा आगजनी तथा तोडफोडका घटना भएका थिए।

केही स्थानमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो भने इटहरीमा प्रहरीको गोली लागेर दुई जना सर्वसाधारणको ज्यानसमेत गएको थियो।

Tags: उज्वल सिग्देलजेन–जीटाकुरा विशेषरेवती भण्डारीरेवतीरमण भण्डारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
FEATURE BREAKING

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य...

सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द
FEATURE BREAKING

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : लामो समयदेखि निष्क्रिय रहेका सुनसरी र मोरङका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। उद्योग, कृषि तथा...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    733 shares
    Share 293 Tweet 183
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    462 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.