Monday, June 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

आर्थिक समस्याका बाबजुद पनि वीपी प्रतिष्ठानमा सुधार अभियान जारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १५, २०७७
in टाकुरा विशेष, समाचार
0
सुत्केरी महिलाको मृत्यु भएपछि वीपी स्वास्थ्य प्रतिष्ठान तनावग्रस्त
192
SHARES
Share on FacebookShare on Twitter

धरान : कोरोनाको संक्रमणकालीन अवस्थाले आर्थिक समस्या भोगिरहेको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित तथा अन्य विरामीहरुको उपचारलाई थप सहज एवं प्रभावकरी बनाउने उद्धेश्यले सुधारका कामलाई प्राथमिकता दिएको छ ।

विगतमा भएको राजनैतिक हस्तक्षेप, विवाद, आर्थिक अनियमितताका कारण जर्जर भएको प्रतिष्ठानले अहिले सुधारलाई प्राथमिकता दिएको हो । विगतका जटिलता र कोरोनाका कारण उत्पन्न आर्थिक समस्याका अतिरिक्त कोभिड अस्पताल सञ्चालन भइरहेको छ ।

यस क्रममा प्रतिष्ठानको कोभिड अस्पतालमा रहेका ८ वटा भेण्टिलेटरले पूर्ण रुपमा काम गररहेको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा गौरीशंकर शाहले बताएका छन् ।

पछिल्लो केही दिनयता प्रतिष्ठानको भेण्टिलेटर बिग्रिएको र बिरामीको पनि हेरचाह नभएको समाचार बाहिरिएसँगै शाहले अस्पतालको निरीक्षणपछि भने झुठो अफवाह फैलाईएको दाबी गरेका हुन् ।

‘नेपाल सरकारले उपलब्ध गराएको ८ वटा भेण्टिलेटरले अहिले काम गरिरहेको अवस्था छ,’ शाहले फोन सम्पर्कमा टाकुरासँग भने, ‘म आफैँ पनि निरीक्षणमा गएको थिएँ, उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीको निर्देशनअनुसार अनुगमन गर्दा काम राम्रै भईरहेको छ ।’

प्रतिष्ठानको कोभिड अस्पतालको स्तरोन्नतिका लागि आँफूहरुले काम गरिरहेको उनको तर्क थियो ।

‘हामीले त्यहाँको हरेक बेडमा रहेको अक्सिजनमा पाइपलाइन लगाईराखेका छौँ, अष्टमीदेखि नै काम सुरु भएको अवस्था छ,’ उनले भने, ‘एक दुई दिनमा हाम्रो काम लगभग सकिन्छ, पाइपलाइन लगाएर अक्सिजन पुर्याउने काम भईराखेको छ ।’

उनले अक्सिजनमा पाइपलाइन लगाएपछि बिरामीको लागि फाईदा हुने बताउँदै अहिले चर्चा भएअनुसारको कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारे ।

वीपी प्रतिष्ठान भ्रष्टाचारको अखडा बन्ने गरेको छ भन्ने हल्ला बारम्बार सुनिन्छ नि भन्ने प्रश्नमा उनले भ्रष्टाचार नै हुने भन्ने बिषयमा पनि आँफूहरु अन्यौलमा रहेको प्रतिक्रिया दिए । उनले भने, ‘हरेक कुरा टेण्डर प्रक्रियाबाट आउँदा के को भ्रष्टाचार हुन्छ ? विभिन्न सञ्चारमाध्ययमा सूचना प्रकाशित भएपछि मात्रै सामान खरीद हुन्छ ।’

यहाँ हुने राजनीतिकरण तथा विभिन्न पक्षको आफ्नो स्वार्थी विषय बस्तुहरुका कारण भने समस्या रहेको उनको तर्क थियो ।
पछिल्लो समय प्रतिष्ठनमा सुधारका कामहरु भइरहेको बताउदै शाहले सकरात्मक सुधारका कामहरुमा स्थानीय, प्रदेश र संघीय सरकारका साथै सबै सरोकारवाला पक्षको सहयोग, साथ र सद्भाव अपरिहार्य रहेको बताए ।

उनले नकारात्मक कुरा कसैले लुकाएर नलुक्ने बताउँदै यहाँ भएका समस्या समाधानका निम्ति आँफूहरुले काम गरिराखेको बताए ।

‘नकारात्मक कुरा कसैले पनि लुकाएर लुक्दैन, नकारात्मक कुरा बाहिरियो भने हामी त्यसलाई समाधान गर्नेछौँ,’ उनले भने । अहिले प्रतिष्ठानका बिकराल अवस्था चिर्नका लागि उपकुलपतिको कडा निर्देशन अनुसार राम्रै काम भइरहेको उनको दाबी थियो ।

यसैबीच प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दै कोभिडको उपचार सेवा विस्तारको काम भइरहेको पनि जनाएको छ ।

कोभिड अस्पतालको बेथितीबारे चौतर्फी विरोधसँगै नागरिक समाजबाट वीपी प्रतिष्ठान सुधार दबाब समूह गठन भएपछि प्रतिष्ठानको सूचना तथा सञ्चार केन्द्रले विज्ञप्ती जारी गर्दै कोभिड विरामीको चापलाई मध्यनजर गर्दै उपचार सेवा विस्तार भइरहेको जनाएको हो ।

विज्ञप्ती अनुसार कोभिड अस्पतालमा २५ वटा हाई डिपेडेन्सी युनिट विस्तार गर्ने तयारी भइरहेको छ । यसैगरि, १० वटा थप भेन्टिलेटर जडान गर्ने पनि बताईएको छ । यस बाहेक थप १० वटा नन इन्भेसिभ भेन्टिलेटर (एनआईभि) र ८ थान हाई फ्लो नजल क्यानुला (एमएफएनसि) पनि जडान गरिने प्रतिष्ठानले जनाएको छ ।

यस्तै, अक्सिजन पोर्टसहित थप ४० बेड क्षमता विस्तार गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिष्ठानको कोभिड ल्याबमा हालसम्म ६३ हजार बढीको स्वाब परीक्षण गरिएको र कोभिड अस्पताल सञ्चालन आएपछि प्रदेश १ र अन्यत्रको गरि १ हजार भन्दा बढी कोरोना संक्रमितलाई भर्ना गरेर उपचार गरिसकेको छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण
समाचार

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। साथै उनले उद्यमी–व्यवसायीहरूलाई...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

नौ महिनापछि पक्राउ परिन् उर्लाबारी प्रहरी हिरासतबाट फरार युवती

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १८, २०८३
0

विराटनगर : मोरङको उर्लाबारीस्थित प्रहरी हिरासतबाट फरार भएकी एक युवतीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ विशालटोल...

मोरङमा एक पुरुष मृत भेटिए

झापामा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

जेष्ठ १८, २०८३
इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

जेष्ठ १८, २०८३
कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

कोशी प्रदेशमा अनुदानको मल बिक्री गर्न निर्देशिका लागू गरिने

जेष्ठ १८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

इलाममा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

जेष्ठ १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

वासुदेव बरालको पुस्तक ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ लोकार्पण

जेष्ठ १८, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

नौ महिनापछि पक्राउ परिन् उर्लाबारी प्रहरी हिरासतबाट फरार युवती

जेष्ठ १८, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

झापामा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

जेष्ठ १८, २०८३
इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

इटहरीमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’, युवालाई प्रेरणा दिने तयारी

जेष्ठ १८, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1499 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    901 shares
    Share 360 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    626 shares
    Share 250 Tweet 157
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.