इटहरी : इटहरी ६ मा रहेको बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको २१ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको अध्यक्षमा पर्शुराम दुलाल चयन भएका छन् ।
यस्तै, उपाध्यक्ष विमला शिवाकोटी ढकाल, सचिवमा रुद्रबहादुर अधिकारी, सह–सचिव पदमा पौडेल र कोषाध्यक्षमा ज्ञानप्रसाद पौडेल चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा श्यामप्रसाद नेपाल, गोपाल बस्नेत, जनकबहादुर कार्की, भूमिकुमारी चौधरी, डिल्लीराम दाहाल, सुशीलादेवी थारु चयन भएका छन् ।
यस्तै, लेखा समितिमा संयोजक बबित घिमिरे, सदस्य दीपक दाहाल र सुभाष कार्की चयन भएका छन् ।
कार्यबाहक अध्यक्ष उमा सत्यालको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका सदस्य नारायण प्रसाद श्रेष्ठ प्रमुख अतिथि थिए ।














Discussion about this post