धरान : शनिबारदेखि हुने भनिएको बुढासुब्बा गोल्डकपको २३ औँ संस्करण यसवर्षपनि नहुने भएको छ ।
आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसवर्षपनि संस्करण नहुने जनाएको हो ।
धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले कोरोना महामारी र आउँदै गरेको स्थानीय तहको चुनावका कारण अपेक्षा गरेअनुरूप दाताहरूबाट हुने सहयोग पाउन सक्ने अवस्था नरहेको हुनाले २३ औँ संस्करणलाई केही पछि सार्नु परेको बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७८।८९ अगावै सम्भव भएसम्म चाँडै अर्को मिति घोषणा गरिनेछ । गत फागुन १८ गते पत्रकार सम्मेलन गर्दे क्लबले चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म प्रतियोगिताको समय तालिका घोषणा गरेको थियो ।
जसमा विजेतालाई नगद १० लाख र उपविजेतालाई नगद ५ लाख दिने जनाएको थियो । तर, आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै तत्काल गोल्डकप गर्न नसकिने बताइएको हो ।















Discussion about this post