इटहरी : प्रदेश १ स्तरीय तेक्वान्दो प्रतियोगितामा सुनसरीले धेरै स्वर्ण पदक जित्न सफल भएको छ ।
आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट खेलमा सुनसरीले पदकमा बाहूल्यता ओगट्न सफल भएको हो ।
झापाको बिर्तामाडमा भएको प्रदेश स्तरीय प्रतियोगितामा पुरुष ग्रुप पुम्सेतर्फ सुनसरीका प्रदीप लिम्बु, सुदीप घिमिरे र निङ्मा तामाङ्गले स्वर्ण पदक पाएका छन् ।
यस्तै, झापाका विवेक गिरी, मौसम आचार्य र भुवन सिंह आचार्यले रजत र इलाम र उदयपुरका खेलाडीले कास्य पदक जितेका छन् । कास्य जित्ने इलामका खेलाडीमा रोजन मगर, नितेश भुजेल र गौरव सिवा छन् भने उदयपुरका खेलाडीहरुमा सुजन राई, श्रवण माझी र उत्तम राई छन् ।
यस्तै, महिला ग्रुप पुम्सेमा पनि सुनसरीले स्वर्ण पदक जितेको छ । सुनसरीका सुशीला राई, मनिषा विक, र शान्ति राईले महिला ग्रुप पुम्सेमा स्वर्ण जितेका छन् भने उदयपुरका सपना श्रेष्ठ, कंचन राई र कृष्तुला राईले रजत पदक र इलाम र ओखलढुंगाका खेलाडीले कास्य पदक जितेका छन् ।
कास्य जित्ने इलामका खेलाडीहरुमा श्रृष्टि भुजेल, आशिका आपिङ्गवे, र अञ्जली भुजेल छन् भने ओखलढुंगाकी डोमा सेर्पा, रमिला रुचल र पेम्वा छिरी शेर्पा रहेका छन् ।
यता पुरुष एकल पुम्सेतर्फ सुनसरीका विवेक राईले स्वर्ण पदक जितेका छन् भने झापाका मौसम आचार्यले रजत र उदयुरका सुरज राई र खोटाङ्गका विवेक राईले कास्य पदक पाएका छन् यस्तै गरी महिला तर्फको एकल पुम्सेमा सुनसरीकी सुशिला राईले स्वर्ण , खोटाङ्गकी रेजिना राईले रजत र ओखल्ढुगाकी सोरुया राई र उदयपुरकी कृस्तुला राईले कास्य पदक पाएका छन् ।
यता पेयर पुम्से तर्फ पनि सुनसरीले उपाधि लगेको छ । सुनसरीका सुदेश राई र सुवेक्षा राईले स्वर्ण , खोटाङ्गका विवेक राई र रेजिना राईले रजत र उदयपुरका सुरज राई र कृस्तुला राई अनि झापाका विवेक गिरी र शिवमी बानियाले कास्य पदक जितेका छन् ।
यता फाइटतर्फ भने सुनसरीकी प्रज्ञा परियारले स्वर्ण पदक जितेकी छन् । ६२ केजी भन्दा कम तौलको फाइटमा सुनसरीकी परियारले स्वर्ण पदक, मोरङकी सृजना धिमालले रजत र ताप्लेजुङकी अञ्जली लिम्बूले कास्य पदक पाएका छन् ।
यस्तै, महिला ६७ केजी भन्दा कम तौल भएको समूहबाट उदयपुरकी बिनिता माझीले स्वर्ण पदक जितेकी छन् भने इलामकी तनिषा सिठुङ्गे मगरले रजत र सुनसरीकी श्रदा शाक्यले कास्य पदक पाएकी छन् ।
यस्तै, महिला ७३ केजी भन्दा कम तौल समूहको प्रतिस्पर्धामा सुनसरीकी मगेरेस लिम्बूले स्वर्ण पदक, मोरङ्की विन्दु राईले रजत पदक र तेह्रथुमकी संगीता खत्रीले कास्य पदक जितेका छन् । यता, महिला ७३ केजी भन्दा बढी तौल भएको प्रतिस्पर्धामा पनि सुनसरीले स्वर्ण जितेको छ ।
सुनसरीकी सृजना तामाङ्गले स्वर्ण, मोरङ्की रिजा श्रेष्ठले रजत र सोलुखुम्बुकी खेलाडी सम्झना राईले कास्य पदक पाएका छन् ।
यस्तै, महिला ४६ केजीभन्दा कम तौल समूहमा भएको खेलमा झापाकी अनुजा सापकोटाले स्वर्ण जितेकी छन् । सुनसरीकी यमुना राईले रजत जित्दा धनकुटाकी प्रमिज्ञा समाल मगरले कास्य पदक जितिन् ।
यस्तै, महिला ४९ केजीभन्दा कम तौल समूहमा भएको खेलमा सुनसरीकी क्रिस्टिना राईले स्वर्ण, खोटाङ्की समला राईले रजत र उदयुरर सोलुका खेलाडी सन्जु विकले कास्य पदक जितेका छन् ।
यस्तै, महिला ५३ केजीभन्दा कम तौल समूहमा भएको खेलमा उदयपुरकी रेनुका विकले स्वर्ण पदक पाएकी छन् भने पाँचथरकी किनारी जगेवुले रजत र ताप्लेजुङकी भूमिका लिम्बूले कास्य जितेका छन् ।
यस्तै, महिला ५७ केजीभन्दा कम तौल समूहको खेलमा सुनसरीकी समीक्षा लिम्बूले स्वर्ण, पाँचथरकी इक्षा तुम्रोकले रजत र ताप्लेजुङकी अस्मिता सापदेनले कास्य जितेका थिए ।
यता पुरुष तेक्वान्दोतर्फ फाइटमा मोरङ्का नेत्रबहादुर कार्कीले स्वर्ण, उदयपुरका लबकुश मगरले रजत र सोलुखुम्बुका प्रिन्सहाङ राईले कास्य पदक जितेका छन् ।
यस्तै, पुरुषतर्फको ८० केजीभन्दा कम तौल समूहको प्रतिस्पर्धामा इलामका शुलभ श्रेष्ठले स्वर्ण पदक पाएका छन् भने सुनसरीका सुनील धामीले रजत र मोरङका पुस्कर थापाले कास्य जितेका छन् ।
पुरुष ८७ केजीभन्दा कम तौल समूहको फाइटमा झापाका श्याम धिमालले स्वर्ण जितेका छन् भने उदयपुरका राजकुमार माझीले रजत र संखुवासभाका सञ्जय पोर्तेलले कास्य पदक पाएका छन् ।
८७ केजीभन्दा बढी तौल समूहको फाइटमा भने सुनसरीका युकेश भट्टराईले स्वर्ण, मोरङका अंकित परियारले रजत र पाँचथरका यम कुमार श्रेष्ठले कास्य जितेका छन् ।
यता पुरुष ५४ केजीभन्दा कम तौल समूहमा सुनसरीका शिव खड्काले स्वर्ण, मोरङ्का कैलाश राईले रजत र उदयपुरका रोशन चौधरीले कास्य जितेका छन् भने पुरुष ५८ केजीभन्दा कम तौल समूहको खेलमा झापाका एलिस ठकुरीले स्वर्ण, पाँचथरका अनिश राईले रजत र खोटाङ्गका बरुण राईले कास्य पदक पाएका छन् ।
यस्तै, पुरुष ६३ केजीभन्दा कम तौल समूहको खेलमा खोटाङ्का मोहन राईले स्वर्ण, सुनसरीका सुगम राईले रजत र सोलुका आमबोहाङ्ग तामाङ्गले कास्य पदक पाएका छन् ।
पुरुष ६५ केजीभन्दा कम तौल समूहमा झापका अरुण डाँगीले स्वर्ण, सुनसरीका रामकृष्ण राईले रजत र खोटाङका ज्ञानबहादुर श्रेष्ठले कास्य पदक जित्न सफल भएको तेक्वान्दोका निर्णायक नारायण बुढाथोकीले जानकारी दिए ।
तेक्वान्दोको समापन समारोहका जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, जगन दुर्वासा कार्की, दुर्गा निरौला, गंगा कोइराला लगायतको सहभागिता रहेको थियो ।
खेलाडीलाई मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिएको छ ।














Discussion about this post