इटहरी : इटहरी निवासी गायिका गंगा बिष्ट गायन क्षेत्रमा निकै व्यस्त बन्दै गएकी छन् ।
कठीन संघर्षमा यस क्षेत्रलाई निरन्तरता दिँदै आएकी उनको अहिले डा. नवराज लम्सालले रचना गरेको ‘मै राम्री’ बोलको गीत सार्वजनिक भएको छ ।
यो गीत स्रोतामाझ लोकप्रिय बनिरहेको छ । गीतले गंगालाई अझ बढी चिनाउन सहयोग पुर्याइरहेको छ ।
बाबुल गिरीको संगीतमा ‘फूल राम्री, फूलभन्दा म राम्री, कोही भन्दैन किन हो नराम्री’ बोलको गीत सार्वजानिक भएको हो । गंगाले मोहर पैसा ‘दसैंमा जमरा’, ‘के छ खबर’ जस्ता गीतहरू बजारमा ल्याइसकेकी छन् ।
भर्खरै रिलिज यो गीतको म्यूजिक भिडियो निर्वाणा प्लसको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियोमा कलाकार समियाले आँफूलाई मै राम्री भनेर भनेता पनि जोनले वास्ता नगर्दा समियाबाट हुने प्रतिक्रियालाई निर्देशकले प्रस्तुत गरेका छन् ।
मुक्तिनाथ टिमको निर्देशनमा बनेको म्यूजिक भिडियोमा जोन बम समिया कार्कीको अभिनय देख्न पाइन्छ । म्यूजिक भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका छन् भने सन्देश रिमालको कोरियोग्राफी र बिष्णु खड्काको सम्पादन छ ।
गंगा इटहरीको निशान्त संगीत विद्यालयमा संगीतसम्बन्धी कौशल सिकेर आफ्नो व्यावसायिक गायन क्षेत्रमा प्रवेश गरेकी हुन् ।














Discussion about this post