खोटाङ : खोटाङको रावावेशी गाउँपालिका ६ का ४५ वर्षीय दिलबहादुर राईलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाको आधारमा प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरी टोलीले राईले गोठमा लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक एक थान र बन्दुकमा प्रयोग हुने छर्रासहित उनलाई नियन्त्रणमा लिएको हो ।
भरुवा बन्दुकसहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post