इटहरी : राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन इटहरी)को आयोजनामा खेल सप्ताह हुने भएको छ ।
इटहरी उपमहानगरपालिका भित्रका विद्यालय तथा विद्यार्थीको सहभागीतामा फागुन सोमबार, मंगलबार र बुधबार खेल सप्ताह हुने भएको हो ।
सप्ताहमा २१ विद्यालयका ६ हजार भन्दा धेरै विद्यार्थीहरूबीच फुटबल, फुटसल, भलिबल, एथलेटिक्स लगायतका विभिन्न २८ विधाका खेल हुने संयोजक तथा एन प्याब्सन इटहरी उपाध्यक्ष मिलन राईले जानकारी बताए ।
पूर्व प्राथमिक तहमासमेत आठ खेल समावेश गरी अति न्यून विद्यार्थी सङ्ख्या भएका तथा साना विद्यालयहरूको उल्लेख्य सहभागिता जनाउने एन प्याब्सन अध्यक्ष पुष्प अधिकारीले बताए ।
प्राथमिक तथा माध्यमिक तहमा छात्र तथा छात्राहरूको सहभागीता रहने एन प्याब्सन सुनसरी सचिव नीरज कोइरालाले बताए ।
जनता क्याम्पस इटहरीको प्राङगणमा खेल सोमबार उद्घाटन हुने जनाइएको छ ।














Discussion about this post