विराटनगर : कोसी प्रदेशमा नेपाली कांग्रेसका गयानन्द मण्डल राज्यमन्त्री बनेका छन् । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डलले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथग्रहण गराए ।
मुख्यमन्त्री थापाले साउन १७ गते नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधार विकास, कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा उर्जामन्त्री र माओबादी केन्द्रका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गरेका थिए ।
साउन २६ गते जनता समाजवादी पार्टी (जसपा)बाट निर्मला लिम्बूलाई स्वास्थ्यमन्त्री बनाएका छन् ।
Discussion about this post